चन्द्रागिरि नगरपालिका–१० सतुंगल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङ हराएको भन्दै प्रहरी वृत्त थानकोटमा निवेदन पर्यो।
बिज्ञापन
२९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाइ नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए। धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङको खोजी गर्ने क्रममा प्रहरीले पुस ३ गते दिउँसो ३ बजेतिर उनको शव फेला पर्यो। चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईं तलाको कोठाभित्र प्रहरीले उनको शव फेला पारेको हो। सरिता सोही घरमा भाडामा बस्ने गरेकी थिइन्।
बिज्ञापन
शव भेटिएपछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो। सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेकी उनका आफन्तले बताएका थिए। त्यसपछि प्रहरीले मोबाइलमा केन्द्रित भएर अनुसन्धान अघि बढायो। मोबाइल पत्ता लगाएपछि अभियुक्तको पहिचान गर्न सफल भएको परिसरका एक अनुसन्धान अधिकृतले बताए। परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार सरिताको हत्या आरोपमा गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको छ।
अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटियो। त्यसपछि विश्वासले घटनाबारे स्वीकारेको एक अनुसन्धान अधिकृतले बताए। सरिता र विश्वास नाताभित्रकै व्यक्तिहरूसमेत हुन्। उनलाई कोठाबाटै बुधबार राति साढे ९ बजे पक्राउ गरिएको हो। उनले हत्या स्वीकार गर्दै सामान्य विवाद हुँदा भवितव्य परेर घटना भएको दाबी गरेका छन्। सरिताको मृत्यु भएपछि लो–बेड (सुत्ने खाट) भित्र शव लुकाइएको थियो।
बिज्ञापन
आज काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। मृतक सरिता विष्णुदेवी शिक्षा सदन मावि नैकापमा कक्षा १० मा अध्ययनरत थिइन्।








