बागेश्वरी सडक १० दिन बन्द गरिने भएको छ। तनहुँको व्यास नगरपालिका–११ स्थित रहेको उक्त सडकमा कल्भर्ट निर्माण सुरु गरिएकाले १० दिन बन्द गरिएको हो ।
बिज्ञापन
बुधबारदेखि १० दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिएका छन्। उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ। हहालसम्म आठ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ।
बिज्ञापन
अध्यक्ष भट्टराईले भने, ‘सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ। सडक कालोपत्रसँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ।’








