कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।
बिज्ञापन
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो लोकलको ९५ रुपैयाँ कायम छ। मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ। काउली स्थानीयको ८०, रायो सागको ४०, तामाको १००, अनारको ४०० रुपैयाँ कायम छ।
बिज्ञापन
प्याज ९५ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, लोकल गाजर १५५ रुपैयाँ, सेतो मूला हाइब्रीड ५५ रुपैयाँ प्रति केजी रहेको छ। स्थानीय काउली ७५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ प्रति केजी तोकिएको छ।








