बर्दिया र कपिलवस्तुमा गरी जुवा खेलिरहेका २७ जना पक्राउ परेका छन्। उनीहरूबाट झन्डै पाँच लाख जति रकम बरामद भएको छ।
बिज्ञापन
बर्दियाको बारबर्दिया नगरपालिका–९ मा स्थानीय ३२ वर्षीय निराजन राजवंशीले आफूले सञ्चालन गरेको होमस्टेमा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट १ लाख ८२ हजार ६ सय ७० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए।
बिज्ञापन
बुधबार बिहान १ बजे जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले होमस्टेमा छापा हानेर उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा होमस्टेका सञ्चालक ३२ वर्षीय निराजन राजवंशी, बारबर्दिया – ५ का ४० वर्षीय नवीनकुमार चौधरी, बारबर्दिया–२ का ३५ वर्षीय रामप्रसाद थारू, राजपुर नगरपालिका–८ का ४५ वर्षीय वसन्तकुमार शर्मा, राजपुर–७ का ४६ वर्षीय कमल गुरूङ, मधुवन नगरपालिका–९ का ३५ वर्षीय नारायण क्षत्री, मधुवन–७ का ५२ वर्षीय घनश्याम दवाडी छन्।
त्यस्तै, गुलरिया नगरपालिका–१ का ३७ वर्षीय चेतन खनाल, ३५ का आसुतोषकुमार यादव, गुलरिया–११ का ३२ वर्षीय दुर्जन थारू, गुलरिया–२ का ४० वर्षीय रविन्द्र यादव, गुलरिया– ४ का ३६ वर्षे नारायण गिरी, गुलरिया–७ का ४८ वर्षीय श्याम शर्मा, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का ४८ वर्षीय देवबहादुर शाही र चौकुने गाउँपालिका–८ का ३६ वर्षीय हरिचन्द्र बुढा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन
पक्राउ परेकाहरूमाथि जुवा ऐन अन्तर्गत कारबाहीका प्रक्रिया अगाडि बढाएको प्रहरीले बताएको छ। त्यस्तै, कपिलवस्तु प्रहरीले पनि लंगुरबुर्जा (खोरखोरे) खेलिरहेका १२ जनालाई पक्राउपछि सार्वजनिक गरेको छ। कपिलवस्तु प्रहरीले मंगलबार बेलुका ८ बजेतिर नौं वटा खोरखोरे खेलाउने गोटी, बुर्जा र नगद ३ लाख १५ हजार १८० रुपैयाँसहित १२ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाणगंगा नगरपालिका – १० का ३० वर्षीय राजेश विक, सोही वडाका ४० वर्षीय श्रीकृष्ण चौधरी, शुद्धोधन गाउँपालिका–२ का ४० का दिलिपकुमार रोध, रूपन्देहीको गैडहवा गाउँपालिका–१ का २२ वर्षीय पशुपति जैसवाल, गैडहवा–३ का २० वर्षे सन्तोष यादव, गैडहवा गाउँपालिका – २ का २४ बर्षे, मनोज राजपुुत , गैडहवा – ३ का ३० बर्षे अर्जुन कलवाल, सोही ठाउँकै ३० बर्षे बिक्रम क्षत्री, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका – ११ का ४२ बर्षे असलम मुसलमान , बुटवल उपमहानगरपालिका – ८ का ४० बर्षे शंकर थापा, कञ्चनपुर गाउँपालिका – ५ का ४२ बर्षे सर्वजित बिक र कञ्चनपुर – ४का ३० बर्षे चित्रबहादुर राना पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उपरीक्षक मोहनमणि अधिकारीले पक्राउ परेका सबैलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त गरिसकेको जानकारी दिए। कपिलवस्तु वाणगंगा नगरपालिका–१० गोगापुरमा पैसा जितहार हुने गरी जुवाको रूपमा खोरखोरे खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुकी ८ बजे उनीहरूलाई पक्राउ गरेको थियो।
पक्राउ परेकाहरूमाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाएर कारबाही हुने प्रहरीले जानकारी दिएको छ।








