होमपेज > इन्फिनिटी लघुवित्तको नाफा दोब्बरले बढ्यो, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था?

इन्फिनिटी लघुवित्तको नाफा दोब्बरले बढ्यो, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था?

बिज्ञापन
बिज्ञापन

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आव खुद नाफा १०४.७१ प्रतिशतले वृद्धि भएको छ।

बिज्ञापन

कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म दोब्बरभन्दा बढीले वृद्धि भएर ९ करोड ३७ लाख रुपैयाँ पुगेको हो। त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि अघिल्लो वर्ष ९.२१ रुपैयाँ रहेकोमा गत वर्ष दोब्बरभन्दा बढीले वृद्धि भएर १८.८५ रुपैयाँ पुगेको छ।

बिज्ञापन

कम्पनीको खुद ब्याज आम्दानी २९ करोड रुपैयाँबाट ३९.६४ प्रतिशतले बढेर साढे ४० करोड रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी ३० करीब ३१ करोड रुपैयाँबाट बढेर ४३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी अघिल्लो आवमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष १७०.७७ प्रतिशतले वृद्धि भएर करीब साढे १३ करोड रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको रिर्जभमा २० करोड १७ लाख रुपैयाँ र वितरणयोग्य नाफा (लाभांश क्षमता) ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष लाभांश क्षमता ४ करोड ९१ लाख रुपैयाँ ऋणात्मक थियो। कम्पनीले ३ अर्ब ९७ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ जसबाट १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन भएको छ।

बिज्ञापन

कम्पनीको खराब कर्जामा पनि केही सुधार आएको छ। अघिल्लो वर्ष १०।१९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ७.४३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५६.६५ रुपैयाँ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते