गत असोज ३ गते संविधान दिवसको दिनबाट सर्वसाधारणका लागि खुला गरिएको धरहरा दुई महिनामैं बन्द भएको छ।
बिज्ञापन
लिफ्ट बिग्रिएपछि निश्चितकालका लागि धरहरा बन्द गरिएको जानकारी छ। ‘लिफ्ट बनेपछि सञ्चालनमा आइहाल्छ।’ सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले बताए।
बिज्ञापन
२०७२ को भूकम्पले ढलेपछि २०७५ सालदेखि धरहराको पुर्ननिर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पनि निर्माण पूरा नभई गत असोज ३ गते संविधान दिवसको दिनबाट सञ्चालनमा ल्याइएको थियो । तत्काल परीक्षणका लागि खुला गरिएको धरहरामा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरिएको थियो।
जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो । हालसम्म २५ हजार ७४२ जना धरहरा चढेको तथ्यांकमा उल्लेख छ ।
बिज्ञापन








