होमपेज > यी हुन् विश्वकै सबै भन्दा धेरै गर्मी हुने ठाँउ

यी हुन् विश्वकै सबै भन्दा धेरै गर्मी हुने ठाँउ

बिज्ञापन
बिज्ञापन

देशका धेरै सहरमा गर्मीले रेकर्ड कायम गरेको छ । दुई दिनअघि मात्रै नेपालगञ्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै काठमाडौं उपत्यकाको तापक्रम पनि ३३ डिग्री सेल्सियसमाथि मापन गरिएको छ ।

बिज्ञापन

यसैगरी छिमेकी देश भारतको तापक्रम ५० डिग्री सेल्सियस नाघेको छ । गर्मी यति चर्को छ कि दैनिक काम गर्न घरबाहिर निस्कनुअघि सय पटक सोच्नुपर्छ ।

बिज्ञापन

तर, ५० डिग्री सेल्सियस तापक्रम मापन भइरहँदा पनि भारतको कुनै पनि सहर विश्वका १० सबैभन्दा तातो ठाउँमा पर्दैन । संसारमा यस्ता ठाउँ पनि छन् जुन सबैभन्दा तातो ठाउँ भनेर चिनिन्छन् ।

यी हुन् संसारमा सबैभन्दा धेरै गर्मी हुने ठाउँ

बिज्ञापन

डेथ भ्याली, अमेरिका

संसारको सबैभन्दा तातो ठाउँ अमेरिकामा छ र यो ठाउँलाई डेथ भ्याली भनेर चिनिन्छ । गर्मीमा यहाँको हावाको औसत तापक्रम ४७ डिग्री सेल्सियससम्म रहन्छ भने जमिनको तापक्रम पनि बढी हुन्छ ।

१० जुलाई १९१३ मा डेथ भ्यालीमा अहिलेसम्मकै उच्च तापक्रम ५६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । यसको लोकप्रियता एक यात्रा गन्तव्य र पृथ्वीमा सबैभन्दा तातो तापक्रम मापन गर्ने ठाउँको रूपमा बढेको छ । डेथ भ्याली तातो रहन्छ किनभने यो लामो र साँघुरो बेसिन हो र समुद्र सतहबाट २८२ फिट तल छ ।

केबिली, ट्युनिसिया

ट्युनिसियाको दक्षिणमा रहेको एक सहर केबिली हो । यो उत्तर अफ्रिकाको सबैभन्दा पुरानो ठाउँमध्ये एक हो । यो सहर ट्युनिसियामा मानव बसोबासको सबैभन्दा पुरानो प्रमाणको साइट हो, जुन लगभग २ सय हजार वर्ष पुरानो हो ।

विश्व मौसम विज्ञान संगठनका अनुसार अफ्रिकाको केबिलीमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको छ । जुलाईको मध्यमा यहाँको तापक्रम नियमित रूपमा ४०।९ डिग्री सेल्सियससम्म पुग्छ र रातमा तापमान विरलै २५.५ डिग्री सेल्सियसभन्दा तल झर्छ ।

मित्रिबाह, कुवेत

मित्रिबाह उत्तरपश्चिम कुवेतमा स्थित एक वेदर स्टेसन हो । मित्रिबाह २१ जुलाई २०१६ मा तेस्रो उच्च तापक्रम भएको ठाउँ थियो । त्यतिबेला यहाँको तापक्रम ५३.९ डिग्री सेल्सियस पुगेको थियो । यो बेलायतमा रेकर्ड गरिएको तापक्रमभन्दा १५ डिग्री सेल्सियस बढी हो र एसियामा अहिलेसम्मकै उच्च तापक्रम पनि हो ।

कुवेतमा जुलाईको तापमान नियमित रूपमा कम्तीमा ४० डिग्री सेल्सियससम्म पुग्छ र यहाँ मानिसहरू दिउँसो एसी भवनभित्रै बस्न रुचाउँछन् ।

तुर्बात, पाकिस्तान

पाकिस्तानको दक्षिणी बलुचिस्तानमा अवस्थित शहर हो तुर्बात । यहाँको तापक्रम २८ मे २०१७ मा ५३.७ डिग्री सेल्सियस पुगेको थियो । योसँगै यो पृथ्वीको चौथो सबैभन्दा तातो ठाउँ बनेको छ । जुनमा यस ठाउँको औसत तापक्रम ४२ डिग्री सेल्सियस हुन्छ । यहाँको ग्रीष्म ऋतु अत्यधिक आर्द्र र सुख्खा हुन्छ र तापक्रम वर्षभरि ६ डिग्री सेल्सियस भन्दा कम हुन्छ ।

डल्लोल, इथियोपिया

उत्तरी इथियोपियाको यो क्षेत्र नुन संरचना, ग्यास गीजर र एसिड स्प्रिङहरू भएको हाइड्रोथर्मल क्षेत्र हो । सन् १९६० देखि १९६६ सम्म यस क्षेत्रको वार्षिक औसत तापक्रम ३४.४ डिग्री सेल्सियस थियो, जबकि सोही अवधिमा रेकर्ड गरिएको औसत दैनिक अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस थियो।

सहारा मरुभूमि

अफ्रिकी महाद्वीपमा अवस्थित यो मरुभूमि विश्वको सबैभन्दा ठूलो तातो मरुभूमि हो र यसले उत्तर अफ्रिकाको अधिकांश भाग ओगटेको छ ।

यहाँ वर्षा एकदमै कम हुन्छ र मौसम सामान्यतया घाम र सुख्खा हुन्छ । यहाँको जमिनको तापक्रम प्रायः ७६ डिग्री सेल्सियसभन्दा बढी हुन्छ । पोर्ट सुडानमा बालुवाको तापक्रम ८३.५ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ ।

फ्लेमिङ माउन्टेन्स, चीन

फ्लेमिङ माउन्टेन चीनको सिनजियाङमा बञ्जर बालुवा ढुंगाको पहा हुो । यो ठाउँको हावापानी एकदमै कडा छ । यहाँको तापत्रलम अविश्वसनीय रूपमा ५० डिग्री सेल्सियससम्म वा योभन्दा बढी पुग्छ । यो चीनको सबैभन्दा तातो ठाउँ पनि हो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते