हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक महत्वाकांक्षी अभियान सुरु गरेको छ।
बिज्ञापन
कोषका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवावर्गलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु हो। विदेशबाट फर्किएका नेपाली जनशक्ति अथवा नेपालमै रहेर उद्यम गर्न चाहने नव-उद्यमीहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको कोषले जनाएको छ।
बिज्ञापन
‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ सानेपास्थित इन्टरनेशनल क्लबमा शनिबारबाट सुरु भएको यो अभियानको उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहेको छ।








