होमपेज > चार करोड लागतमा चोभारमा बनेको नमूना क्यानओपी जीपलाइन सञ्चालनमा, प्रति व्यक्ति कति लाग्छ शुल्क?

चार करोड लागतमा चोभारमा बनेको नमूना क्यानओपी जीपलाइन सञ्चालनमा, प्रति व्यक्ति कति लाग्छ शुल्क?

बिज्ञापन
बिज्ञापन

चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिवार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी छिन्। आजबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् । उनीहरुले क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ । शुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताएको छ ।

बिज्ञापन

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गरे । उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताए । उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताउनुभयो । उनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने बताए ।

बिज्ञापन

उनले जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए। उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए ।

उनले भने, ‘यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी हो । जीपलाइन एउटै स्टेपमा, एउटै अनुभवमा सकिन्छ । तर यहाँ र यो तीन वटा अनुभव एकै ठाउँमा लिन सकिन्छ । द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव यहाँबाट पाउनुहुनेछ । प्रविधिका हिसावले पनि जापनिज प्रविधि, एक्सपर्टका हिसावले नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएका छौँ । सुरक्षाको हिसावले पनि नमूना छ । तीन वटा चरणको सुरक्षा यसमा छ ।

बिज्ञापन

जीपलाइन भन्दा पृथक अनुभव दिने खालको क्यानओपी सञ्चालनमा ल्याएका छौँ । यसमा जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज छ । यसमा चार करोड लगानी भएको छ । न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी टिकट दर एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय छ । स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट छ । सबैले यसको अनुभव लिन सक्नेछन् । तीन वटा स्टेप गरी ३५० मिटरको दूरी छ ।’ कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताए । उनले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताए।

उनले भने, ‘यो ठाउँलाई हामीले भोलिको दिनमा पर्यटकीय हव बनाउनको लागि लगानी गरिरहेका छौँ । यसलाई पर्यटकीय हव बनाउन सबैको सहयोग चाहिन्छ ।’ कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गरे। उनले हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्ने बताए । उनले भने, ‘हामीले खाएका कसमहरु पूरा गर्दै जाने हो भने यो एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउँछ । यहाँ हुने हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्नेछ ।’

चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहीत रहेको बताए। उनले बालबालिकादेखि सबैले जीपलाइन क्यानओपी गर्नसक्ने बताए । उनले भने, ‘म पहिलादेखि नै एड्भेन्चर प्रेमी हुँ । रमाइलो लाग्छ, एक्साइटेड भएँ । बालबालिकादेखि सबैले गर्न मिल्छ । डर धेरै नै हुँदैन । नेशनल टुरिजम यस्ता कुराहरुले राम्रो हुन्छ । नेपालमा यस्ता कुरा धेरै हुनुपर्छ, नेपालमा हातमा गन्ने मात्रै छन् ।’ उनले नेपालमा पर्यटक बढाउने गतिविधि बढी भन्दा बढी हुनुपर्ने बताए। क्यानओपी जीपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते