नेपालमा चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्बभन्दा बढी रुपैयाँको खाद्यान्न आयात भएको छ ।
बिज्ञापन
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा ५ अर्ब ४ करोड ५३ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । सो रकम बराबरको ९८ हजार १५८ मेट खाद्यान्न आयात भएको हो ।
बिज्ञापन
यस बापत सरकारले ४५ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । मकै, चामल, गहुँ लगायत खाद्यान्न आयात गरेको छ । चीन, भारत, ब्राजिल लगायत मुलुकबाट खाद्यान्न आयात गरेको छ ।








