होमपेज > सर्लाहीमा खाता सञ्चालनमा ढिलाइ हुँदा विकास निर्माणका कामहरू पूर्ण रूपमा ठप्प

सर्लाहीमा खाता सञ्चालनमा ढिलाइ हुँदा विकास निर्माणका कामहरू पूर्ण रूपमा ठप्प

बिज्ञापन
बिज्ञापन

सर्लाहीका कुनै पनि स्थानीय पालिकाको खाता नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन। एघार नगरपालिका र नौ गाउँपालिका रहेको सर्लाहीमा खाता सञ्चालनमा ढिलाइ हुँदा विकास निर्माणका कामहरू पूर्ण रूपमा ठप्प भएका छन्।

बिज्ञापन

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले पालिकाहरूलाई खाता सञ्चालनका लागि पटक-पटक ताकेता गरिसकेको छ। दसैँ नजिकिँदै गर्दा पनि पालिकाहरूले खाता सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै कोलेनिकाले दबाब दिन थालेको हो। पालिकाहरूले खाता सञ्चालनका लागि कोलेनिकामा बुझाउनुपर्ने विवरणहरू अझै नबुझाएका कारण कोलेनिकाले खाता सञ्चालनको अनुमति दिन नसकेको बताइएको छ। जबसम्म कोलेनिका खाता सञ्चालनको अनुमति दिन सक्दैन, तबसम्म पालिकाहरूले बजेट खर्च गर्न नपाउने प्रावधान छ।

बिज्ञापन

कोलेनिका सर्लाहीका प्रमुख पुष्पप्रसाद गुरागाईँले चालू आर्थिक वर्षको बजेट पारित भएको विवरण, अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, निकासा भएको रकम खर्च विवरण, फिर्ता गरिनुपर्ने ससर्त अनुदानको विवरणजस्ता कागजात बुझाउनुपर्ने प्रावधान रहेको बताए। तर पालिकाहरूले यी आवश्यक विवरण नबुझाएको र खाता सञ्चालनको प्रक्रिया समेत सुरु नगरेको उनको भनाइ छ।

सर्लाहीका धेरैजसो पालिकाले गत असारमै बजेट अधिवेशन सम्पन्न गरिसकेका छन्, तर ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिका, बागमती नगरपालिका र विष्णु गाउँपालिकाले विभिन्न कारणले चालू आर्थिक वर्षको बजेट अझै पारित गर्न सकेका छैनन्। दसैँ नजिकिएसँगै पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, कर्मचारीहरूको तलब, भत्ता, तथा दसैँ खर्चको निकासा गर्नुपर्ने हुन्छ। साथै, सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्नुपर्ने हुन्छ। तर, पालिकाहरूले खाता सञ्चालनमा ध्यान नदिँदा कोलेनिकाले बारम्बार ताकेता गर्नु परेको छ। कोलेनिकाले कुनै पनि पालिका मर्कामा नपरोस् भन्ने चाहनासहित खाता खोल्न दबाब दिइरहेको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते