होमपेज > मनसुनको प्रभाव शुरु: कोशी प्रदेशका प्रमुख नदीहरुमा पानीको सतह बढ्दै

मनसुनको प्रभाव शुरु: कोशी प्रदेशका प्रमुख नदीहरुमा पानीको सतह बढ्दै

बिज्ञापन
बिज्ञापन

कोशी प्रदेशमा मनसुन भित्रिएसँगै प्रमुख नदीहरुमा सतह बढ्न थालेको छ । कोशी, कन्काई र यसका सहायक नदीहरुको जलसतह बढ्न थालेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि कोशी, कन्काई र यसका सहायक नदीको जल सतह सामान्य बढ्ने छ ।

बिज्ञापन

तर कमला, बागमती, नारायणी, पश्चिम राप्ती, कर्णाली, महाकाली र तिनका सहायक नदीको जलसतह भने सामान्य रहने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि नेपालमा मनसुन भित्रिएको सूचना जारी गरेको थियो । अन्य दिनका तुलनामा मनसुन अवधिमा धेरै पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम हुने गर्दछ ।

बिज्ञापन

कोशी प्रदेशमा मनसुन भित्रिएको घोषणा गर्नुभन्दा अघिदेखि नै भारी वर्षा हुँदै आएको थियो । वर्षासँगै रतुवा नदीमा आएको बाढीले कार बगाउँदा दुई जनाको मृत्यु भएको थियो । कोशी प्रदेशमा वर्षा भइरहँदा त्योभन्दा पश्चिम तराईका भू-भागमा भने अत्यधिक गर्मी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार मनसुन फैलिँदै पश्चिमसम्म पुग्न करिब एक साता लाग्ने अनुमान छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते