होमपेज > दिल्लीमा परराष्ट्रमन्त्री आरजुले भनिन्‌: ‘पोखरा र भैरहवा विमानस्थललाई हवाई रुट चाहियो’

दिल्लीमा परराष्ट्रमन्त्री आरजुले भनिन्‌: ‘पोखरा र भैरहवा विमानस्थललाई हवाई रुट चाहियो’

बिज्ञापन
बिज्ञापन

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्।

बिज्ञापन

भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत-नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन्। उनले सम्बोधनका क्रममा नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी त्यहाँ गराएकी हुन्।

बिज्ञापन

‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ। ती दुवै संसारकै लोकप्रिय सहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो’, उनले भनिन्, ‘ती विमानस्थलबाट पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार गर्न चाहन्छौँ। त्यसैले नेपाल यी दुई विमानस्थललाई पूर्ण क्षमतामा चलाउन थप हवाई रुट चाहेका छौँ।’

नेपालले ती विमानस्थल महङ्गो खर्चमा निर्माण गरेकाले पूर्ण क्षमतामा चलाउन छिमेकीसँग सहयोगको याचना गरिरहेको बताउँदै उनले भारतीय एयरलाइन्सलाई नेपालमा थप उडानका लागि आग्रह गरिन्। उनले नेपाल सरकारले भारतका निजी एयरलाइन्सहरूलाई नेपालमा उडानका लागि आग्रह गर्दै नेपाल सरकारले यसका लागि धेरै भन्दा धेरै सहुलियत प्रदान गर्ने जानकारी पनि गराइन्।

बिज्ञापन

यी विमानस्थलहरू सञ्चालनमार्फत् पर्यटन प्रवर्द्धनसँगै दुई देशका जनता जनताबीचको सम्पर्क र सम्बन्धलाई थप विस्तारित गर्ने मन्त्री डा. राणाले बताइन्। नेपालले अतिरिक्त हवाई रुट पाएर दुवै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सके दुवै देशका पर्यटकीय सम्भावना थप उजागर हुने उनको विश्वास छ। यसले दक्षिण एसियाकै कनेक्टिभिटीमा पनि थप सहयोग पुग्ने उनले बताइन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते