होमपेज > काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ? जान्नुहोस् यी ८ नियम, नियम नमाने कारबाही

काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ? जान्नुहोस् यी ८ नियम, नियम नमाने कारबाही

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र भवन तथा पूर्वाधार निर्माण गर्दा अनिवार्य ८ वटा नियम अनिवार्य मान्न महानगरपालिकाअन्तर्गत सहरी व्यवस्थापन विभागले सार्वजनिक सूचनामार्फत् सचेत गराएको छ ।

बिज्ञापन

मंगलबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र भवन, सडक, फूटपाथ, ढललगायतका भौतिक संरचनाहरू निर्माण गर्ने कार्य तीव्र रूपमा भइरहेको र यसरी निर्माण कार्य गर्दा आवश्यक सावधानी नअपनाएको खण्डमा यसले वायु प्रदुषणका साथै सडक र गल्लीहरूमा अवरोध उत्पन्न हुने तथा दुर्घटनाको सम्भावना रहने भएकाले नियमहरू कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ ।

बिज्ञापन

अनुगमनका क्रममा घरधनी, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवाला निकायले सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी महानगरले दिएको छ ।

पालना गर्नुपर्ने नियमहरु

बिज्ञापन

(१) निर्माणका क्रममा प्रयोग हुने निर्माण सामग्री जस्तै- इट्टा, बालुवा, गिट्टी, सिमेन्ट, छड, ह्युम पाइप आदि तथा भत्काएर आएका सामग्रीहरूको उचित व्यवस्थापन भवन निर्माण स्थलभित्र या छुट्टै स्थानमा व्यवस्थापन गर्नुपर्नेछ। सार्वजनिक बाटोमा अबरोध हुने गरी निर्माण सामग्री तथा भत्काएर आएका सामग्रीहरू थुपार्न पाइने छैन ।
(२) अग्ला भवनहरू निर्माण गदां निर्माण अवधिभर संलग्न कामदारहरूलाई सुरक्षाका विधि जस्तै हेल्मेट, पञ्जा, ज्याकेट, सेफ्टी बेल्ट आदि प्रयोग गरी काम गर्न आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।
(३) भवन निर्माण स्थललाई पूर्ण रूपले जस्तापाताले घेर्नुपर्नेछ । सार्वजनिक बाटोमा र संधियारको घर जग्गामा निर्माण सामग्री खसेर हुने सम्भावित दुर्घटनाबाट बचाउन निर्माण स्थलमा जाली लगाउनुपर्नेछ ।
(४) निर्माण सम्बन्धी आयोजनाको विवरण भएको सूचना पाटी  १.५० X १.२० मिटर साइजको मा आयोजनाको नाम आयोजना स्थल, योजना अवधि, निर्माण व्यवसायी वा घर धनीको विवरण, कार्यान्वयन गर्ने निकाय आदि स्पष्ट रूपमा देखिने गरी निर्माण अवधिभर राख्नुपर्नेछ ।
(५) भवन निर्माण स्थलमा सुरक्षा बोर्ड अनिवार्य रूपमा राख्नुपर्नेछ । बोर्डको साइज २.४० X १.२ मिटर हुनुपर्नेछ । जसमा निर्माण स्थलमा प्रवेश गर्न अपनाउनुपर्ने सुरक्षाका विधि उल्लेख हुनुपर्नेछ ।
(६) घरधनी आफैँले भवन निर्माण कार्य थालनी पूर्व नै तेस्रो पक्ष बीमा तथा कामदारहरूको दुर्घटना बीमा गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
(७) सडक तथा फुटपाथ निर्माण र मर्मत कार्य गर्दा कुनै पनि किसिमको निर्माण सामग्री तथा भत्काएर आउने सामग्रीहरू निर्माण स्थलभन्दा बाहिर नआउने गरी  लगाउनुपर्नेछ साथै सार्वजनिक बाटो बन्द गरी कार्य गर्नुपर्ने भएमा निर्माण अवधिभर सूचना बोर्डको व्यवस्था गर्नुपर्नेछ ।
(८) धुलो तथा प्रदुषण नियन्त्रणका लागि निर्माण सामग्रीहरू तथा भत्काएर आएका सामग्रीहरू हटाइसकेपछि तुरुन्त निर्माण स्थल सफा गरी अनिवार्य रूपमा पानीले पखाल्ने व्यवस्था गर्नुपर्नेछ ।

नोट : काठमाडौं महानगरपालिका क्षेत्रभित्रका भवन, सडक, फुटपाथ, खानेपानी, विद्युत, ढल निकास आदि सम्बन्धी सम्पूर्ण निर्माण कार्यसँग सम्बन्धित सबै निकाय तथा सरोकारवालाहरूले माथि उल्लिखित सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते