एनआइएमबि एस क्यापिटलले जारी गरेको बन्दमुखी म्युचुअल फन्ड योजना एनआइबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बिज्ञापन
योजनाले माघ २ गते मङ्गलबारदेखि १० रुपैयाँ मूल्यका १० करोड इकाई बिक्री खुला गरेको थियो । पछिल्लो तथ्यांक अनुसार हालसम्म ९५ प्रतिशत अर्थात नौ करोड ५४ लाख ८७ हजार पाँच सय ८० इकाईका लागि आवेदन परेको छ । ४२ हजार ४१ जनाले उक्त इकाईका लागि आवेदन माग गरेका हुन् ।
बिज्ञापन
योजनाले १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि तथा १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । त्यसबाहेक बाकिँ ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।








