होमपेज > रुकुम पश्चिममा जिप दुर्घटना: मृत्यु हुनेको संख्या आठ पुग्यो, १० घाइते

रुकुम पश्चिममा जिप दुर्घटना: मृत्यु हुनेको संख्या आठ पुग्यो, १० घाइते

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका७ लिस्नेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ।

बिज्ञापन

शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका२ स्यालाखदीतर्फ जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप भित्री सडकखण्डमा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृतकहरूमा आठविसकोट नगरपालिका२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

बिज्ञापन

दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइते हुनेमा १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेका छन्।

प्रहरीका अनुसार नौ जनाको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ भने गम्भीर घाइते १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

जिप सडकबाट करिब ७०० मिटर तल खसेको प्रहरीको भनाइ छ। ओभरलोड र साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते