होमपेज > कच्चा तेलको मूल्यमा उच्च गिरावट

कच्चा तेलको मूल्यमा उच्च गिरावट

बिज्ञापन
बिज्ञापन

पछिल्लो एक सातामा कच्चा तेलको मूल्य औसत ८ प्रतिशतले घटेको छ । डब्लूटीआई कच्चा तेलको भाउ एक सातामा ८.३ प्रतिशत घटेको छ । जेठ १५ गते प्रतिब्यारेल ७.८३ डलर मूल्य रहेकोमा बुधबार (बिहान १० बजे) ७३.२० डलरमा झरेको छ ।

बिज्ञापन

त्यस्तै ब्रेन्ट तेलको मूल्य सोही अवधिमा प्रतिब्यारेल ८३. ९४ डलरबाट घटेर ७७.४९ मा कायम भएको छ । सो अवधिमा मुर्बान कच्चा तेलको भाउ प्रतिब्यारेल ८५.३ डलरबाट ७८.०३ डलरमा झरेको छ ।

बिज्ञापन

अमेरिकामा पेट्रोलियम मौज्दात बढ्दा त्यसले समग्र मूल्यमा प्रभाव पारेको सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ । अमेरिकी ऊर्जा विभागको तथ्यांक अनुसार अमेरिकामा हाल मौज्दात तेलको परिमाण ३४ करोड ब्यारेल पुगेको छ, जुन परिमाण मे ३१ यताकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटले नेपालमा पनि असर पार्दछ । कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ । परिवर्तन भएको मूल्यअनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते