कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।
बिज्ञापन
मंगलबार प्रहरीले उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य मानबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
बिज्ञापन
सहकारीका सञ्चालक समितिका पदाधिकारी समेतले बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको र ठगी गरेको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रहरीमा जाहेरी दिएको थियो ।
उक्त सहकारीमा एक अर्ब ५४ करोड १५ लाख ८ हजार १४२ रुपैयाँ ८५ पैसा हिनामिना गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले बचतकर्ताहरुसँग पनि उजुरी आह्वान गरेको छ ।








