होमपेज > किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत

किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत हालसम्म २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्। उक्त कार्यक्रमको उद्देश्य किसानलाई विद्युतीय प्रणालीमार्फत अनुदान, बीउ, मल र अन्य सहायता सुव्यवस्थित रूपमा उपलब्ध गराउनु रहेको छ।

बिज्ञापन

कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अधिकृत सञ्जिव पण्डितका अनुसार किसानहरूको आम्दानी र उत्पादन क्षमताका आधारमा चार वर्गमा (निर्वाहमुखी, साना, मझौला र ठूला किसान) वर्गीकरण गरिनेछ। वर्गीकरणपछि किसानलाई विशेष पहिचानपत्र  वितरण गरिने तयारी गरिएको छ।

विद्युतीय प्रणालीमा किसान सूचीकृत भएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन लगायतका सरकारी सहायता कार्यक्रमहरू सहज रूपमा कार्यान्वयन गर्न सकिने केन्द्रले जनाएको छ। पण्डितका अनुसार, २०७८ सालको जनगणना अनुसार देशभर करिब ४१ लाख किसान रहेको अनुमान गरिएको छ। कार्यक्रम पूरा हुने समयसम्म यो सङ्ख्या केही घटबढ हुन सक्ने पनि उनले बताए।

बिज्ञापन

स्थानीय तहमार्फत किसानका उत्पादन विवरण, खेती क्षेत्रफल, उपजको प्रकार लगायतका तथ्याङ्क संकलन भइरहेको छ। कार्यक्रम २०७७ साल फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु गरिएको हो।

अधिकृत पण्डितले किसानहरूलाई शीघ्र आफ्नो नाम दर्ता गराउन आग्रह गर्दै भने, “किसानको पहिचान नभएसम्म राज्यका अनुदान र सेवा सुविधा पाउन कठिन हुन्छ, त्यसैले सबै किसानले दर्ता प्रक्रियामा सहभागी हुनुपर्छ।”

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते