होमपेज > अर्थमन्त्री खनालद्वारा अमेरिकाको चेम्बर अफ कमर्सको ‘बिजनेस डायलग’मा सम्बोधन

अर्थमन्त्री खनालद्वारा अमेरिकाको चेम्बर अफ कमर्सको ‘बिजनेस डायलग’मा सम्बोधन

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको ‘बिजनेस डायलग’ कार्यक्रमलाई सम्बोधन गरेका छन्।

बिज्ञापन

‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिकानेपाल साझेदारीको मजबुती’ शीर्षकमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक स्थिति, लगानी वातावरण, र अमेरिकी निजी क्षेत्रसँगको सहकार्यका सम्भावनाबारे विस्तृत चर्चा गरेका थिए।

कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू, अमेरिकी व्यवसायी तथा यूएस चेम्बर अफ कमर्सका सदस्यहरूको उपस्थिति थियो। मन्त्री खनालले नेपालको आर्थिक सुधार, वैदेशिक लगानीको अवसर, जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सम्भावनाबारे प्रकाश पारेका थिए।

बिज्ञापन

यसैबीच, मन्त्री खनालले सोमबार अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का उपप्रबन्ध निर्देशक बो लिबसँग भेटवार्ता पनि गरेका छन्। उक्त भेटमा वित्तीय नीति, मौद्रिक स्थायित्व, वैदेशिक लगानी प्रवर्द्धन, र नेपालको आर्थिक पुनरुत्थानका उपायहरूबारे छलफल भएको वाशिङटनस्थित नेपाली दूतावासले जनाएको छ।

भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधिहरू, मन्त्री खनालको भ्रमण टोलीका सदस्य र कोषका उच्च अधिकारीहरू पनि उपस्थित थिए। अर्थमन्त्री खनाल आइतबार विश्व बैंक र IMF को वार्षिक बैठकमा भाग लिन वाशिङटन डीसी पुगेका हुन्। बैठकमा नेपालका आर्थिक नीतिहरू, विकास सहयोग, र दीर्घकालीन वित्तीय सहकार्यका विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते