होमपेज > प्लाष्टिक बोतल र जारको पानीको मूल्य निर्धारण, बढी लिएको पाइए कारबाही हुने

प्लाष्टिक बोतल र जारको पानीको मूल्य निर्धारण, बढी लिएको पाइए कारबाही हुने

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुने प्लाष्टिक बोतल र जारमा बिक्री वितरण भइरहेका प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य (MRP) तोकेको छ।

बिज्ञापन

विभागले एक सूचना जारी गर्दै काठमाडौं उपत्यकामा १ लिटरको बोतल पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ, त्यस्तै २० लिटरको जार उपत्यकामा ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँमा बिक्री गर्नुपर्ने जनाएको छ।

यसअघि उपत्यकाभित्र र बाहिर व्यापारीहरूले मनपरी मूल्यमा बोतल तथा जारको पानी बेच्दै आएको भन्दै विभागले उपभोक्ताको हितका लागि मूल्य नियन्त्रण गर्न कदम चालेको हो। विभागले तोकिएको मूल्यभन्दा बढीमा पानी बिक्री वितरण गरेमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

बिज्ञापन

साथै, मूल्य बढी लिएको पाइएमा विभाग वा मातहतका कार्यालयहरूमा उजुरी दिन पनि आम सर्वसाधारणमा आग्रह गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते