होमपेज > रविको बयान:सहकारीबाट ऋण लिने सम्पुर्ण कार्यमा मेरो संलग्नता छैन

रविको बयान:सहकारीबाट ऋण लिने सम्पुर्ण कार्यमा मेरो संलग्नता छैन

बिज्ञापन
बिज्ञापन

रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सुप्रिम सहकारी ठगी प्रकरणमा इन्कारी बयान दिएका छन् ।

बिज्ञापन

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रुपन्देही जिल्ला अदालतमा दायर गरेको सहकारी ठगीसम्बन्धी अभियोगपत्रमा उल्लेखित बयानमा लामिछानेले सहकारीबाट ऋण लिने कार्यमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । ‘सहकारीबाट ऋण लिने सम्पुर्ण कार्यमा मेरो संलग्नता छैन भनेर संसदीय छानविन समितिले स्पष्ट पारी सकेपछि सहकारीसँगको मेरो संलग्नता काहीँकतै छैन’, रविको बयानमा उल्लेख छ ।

बिज्ञापन

यस्तै उनले सुप्रिमलगायत कुनै पनि सहकारीले आफूलाई ऋण तिर्नेबारे पत्र, जानकारी, ताकेता, सूचना गरेको कहीँ कतै अभिलेख नरहेको उल्लेख गर्दै गोर्खा मिडियाले संस्थागत रूपमा र आफूले व्यक्ति र संस्थागत रुपमा कुनै ऋण नमागेको पनि उल्लेख गरेका छन् । आइतबार पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।

बिज्ञापन

 

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते