बिज्ञापन
नेपाली बजारमा आज (मंगलवार) सुनचाँदीको मूल्य पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ८ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
यसअघि सोमबार सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँमा स्थिर थियो। यो मूल्य नेपाली बजारमा सुनको अहिलेसम्मकै सबैभन्दा उच्च हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा १०५ रुपैयाँले बढेर ३३२५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य ३२२० रुपैयाँ थियो।
बिज्ञापन
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि तथा अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यनका कारण सुनचाँदीको मूल्य उच्च भएको संकेत गरेको छ।








