काभा नेशन्स वुमन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ।
बिज्ञापन
प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदै छन्। पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका तथा दोस्रो खेलमा अपराह्न ३ बजे नेपाल र मालदिभ्स प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलपछि मात्रै सेमिफाइलनमा कससँग कसको प्रतिस्पर्धा भन्ने टुंगो लाग्नेछ। नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन्। मालदिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।
बिज्ञापन
लिग चरणका चारै खेल खेलिसकेको इरानको सात अंक छ। त्यस्तै, तीन खेल खेलेको भारतको पनि सातै अंक छ। तीन खेल खेलेको नेपालको ६ अंक छ भने श्रीलंकाको चार अंक छ। मालदिभ्सले अंक जोड्न सकेको छैन। अंकतालिकाको शीर्षस्थानमा रहेको र चौथो स्थानको तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ।
नेपालले यसअघि लिग चरणमा दुई खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। भारत र श्रीलंकालाई पराजित गरेको नेपालले आइतबार इरानसँग हार बेहोरेको थियो।








