होमपेज > नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह नघट्ने गरी दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह नघट्ने गरी दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरुलाई नर्स र स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधामा कटौती नगर्न स्पष्ट निर्देशन दिएको छ।

बिज्ञापन

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज तथा निजी अस्पताललाई पत्राचारमार्फत् उक्त निर्देशन दिएको हो। उनका अनुसार, नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सेवा सरह नघट्ने गरी लागू गर्न र निर्धारित भन्दा बढी समय काम गराएमा अतिरिक्त भत्ता व्यवस्था गर्न पनि भनिएको छ।

प्रवक्ता बुढाथोकीले यसअघि पनि मन्त्रालयले यस्तो निर्देशन दिइसकेको तर कतिपय संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि निर्देशन दोहोर्याउनु परेको जानकारी दिए। हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरू सरकारले तोकेको न्यूनतम पारिश्रमिक माग गर्दै आन्दोलनरत छन्। यो पृष्ठभूमिमा मन्त्रालयको पछिल्लो निर्देशनले आन्दोलनको सन्दर्भमा थप चासो उत्पन्न गराएको छ।

बिज्ञापन

त्यसैगरी मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाहरूले कर्मचारीलाई करारमा मात्रै नियुक्त गर्न, ज्यालादारीमा काम गराउन नपाउने, तथा सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइने व्यवस्था लागू गर्न पनि निर्देशन दिएको छ। मन्त्रालयले सबै स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत् मात्र प्रदान गर्न आग्रह गरेको छ, जसले पारदर्शिता र श्रमिक अधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते