होमपेज > प्राइम कलेजले गर्‍यो भारतको केपीएमजीसँग ऐतिहासिक साझेदारी

प्राइम कलेजले गर्‍यो भारतको केपीएमजीसँग ऐतिहासिक साझेदारी

बिज्ञापन
बिज्ञापन

प्राइम कलेजले भारतको केपीएमजीसँग ऐतिहासिक साझेदारी गर्दै नेपालमा पहिलो पटक अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) टेस्ट तयारी कार्यक्रम सुरु गर्न लागेकोमा गर्वको अनुभव गरेको छ।

बिज्ञापन

यस सम्झौताबाट नेपाली वित्तीय पेशेवरहरू तथा विद्यार्थीहरुलाई विश्वव्यापी मान्यता प्राप्त अमेरिकी सीपीए प्रमाणपत्र प्राप्त गर्ने सुअवसर प्राप्त हुनुको साथै उनीहरूका पेशागत संभावनाहरूको प्रवद्र्धन हुनेछ र अन्तर्राष्ट्रिय वित्तीय बजारमा उनीहरु राम्रो सफलता प्राप्त गर्न सक्षम हुने कलेजले जनाएको छ। अमेरिकी सीपीए टेस्ट तयारी कार्यक्रम विश्वव्यापी रूपमा वित्तीय क्षेत्रमा उच्च मानक मानिन्छ। जसले अडिटिङ तथा लेखा क्षेत्रमा काम गर्न चाहने पेशेवरहरूलाई सक्षम बनाउने लक्ष्य राखेको हुन्छ। यस साझेदारीले नेपाली विद्यार्थीहरूलाई अमेरिकी सीपीए परीक्षाका लागि नेपाली विद्यार्थीहरुको पहुँच पुर्याउने सुनिश्चितता बनेको कलेजले जनाएको छ।

बिज्ञापन

कार्यक्रममा भर्ना हुने विद्यार्थीहरूले केपीएमजी भारतको विशेषज्ञताको लाभ उठाउने छन् र संवद्द प्रमुख अवधारणाहरू र अभ्यासहरूको गहिरो ज्ञान प्राप्त गर्ने छन्। यसले उनीहरूलाई सीपीए परीक्षा सफलतापूर्वक पास गर्न र करियरमा उत्कृष्टता प्राप्त गर्न मद्दत पुग्नेछ। यस कार्यक्रमको माध्यमबाट, प्राइम कलेज र केपीएमजीले संयुक्त रुपमा नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सेवा क्षेत्रमा प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने लक्ष्य राखेका छन्।

अमेरिकी सीपीए (सर्टिफाइड पब्लिक एकाउन्टेन्ट) एक अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणपत्र हो। यो अमेरिका संबद्ध कम्पनीहरू वा बहुराष्ट्रिय संस्थाहरूमा काम गर्न चाहने वित्तीय पेशेवरहरूको लागि धेरै फाइदाजनक हुने जनाइएको छ । यो लेखा र वित्तमा करियर अगाडि बढाउन चाहनेहरूका लागि एक छोटो र प्रभावकारी विकल्प हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते