होमपेज > नेपाली सडकमा १००० बढी नामी: नेपालमै तीव्र गतिमा विस्तार भइरहेको छ प्रिमियम ह्याचब्याक

नेपाली सडकमा १००० बढी नामी: नेपालमै तीव्र गतिमा विस्तार भइरहेको छ प्रिमियम ह्याचब्याक

बिज्ञापन
बिज्ञापन

एमएडब्लू वृद्धिले नामीको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ। यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ्ग प्रिमियम इभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ। एलिस रिसेप्सनमा सम्पन्न केक काट्ने कार्यक्रममा मिडिया, आगन्तुकहरू र एमएडब्लू वृद्धि नेतृत्वको उपस्थिति थियो। कार्यक्रममा एमएडब्लूका वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदारहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

बिज्ञापन

नामी करिब १४ महिना अगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो। यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो र त्यहीँबाट ग्राहकहरूमा यो निकै लोकप्रिय बन्यो।

बिज्ञापन

यसमा वेलकमिंग सीट, अटो पार्किंग, फ्रेमलेस डुअर, फ्लश ह्यान्डल जस्ता सेगमेन्ट-फर्स्ट फिचरहरूका साथै लेभल २ ADAS, वायरलेस चार्जिंग र भेन्टिलेटेड सीटहरू जस्ता सेगमेन्टमै उत्कृष्ट अत्याधुनिक प्रविधिहरू रहेका छन्।

नामीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्ने भएकाले ग्राहकहरूले यसलाई निकै मन पराएका छन् भने यसको डिजाइन, प्रिमियम फिचर र रङका विकल्पको पनि निकै आकर्षक छन् ।

बिज्ञापन

कार्यक्रममा बोल्दै, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, “ग्राहकहरू नामीलाई यस कारण मन पराउँछन् कि यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ। यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा गरिएभन्दा बढि अनुभव पनि प्रदान गर्छ।”

बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारण नामीले नेपालको इभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिइरहेको छ र देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते