होमपेज > एसियन बैंकर र काठमाडौं फिन्टेकबीच समझदारीपत्रमा हस्ताक्षर

एसियन बैंकर र काठमाडौं फिन्टेकबीच समझदारीपत्रमा हस्ताक्षर

बिज्ञापन
बिज्ञापन

नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एसियन बैंकर र काठमाडौं फिन्टेकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बिज्ञापन

काठमाडौं फिन्टेकले ट्याब ग्लोबलको नेपाल र भुटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधिका रूपमा काम गर्ने गरी यो समझदारी भएको हो।

बिज्ञापन

यसले नेपाली तथा भुटानी बैंकिङ तथा फिन्टेक प्रोफेसनलले द एसियन बैंकर, द बैंकिङ एकेडेमी, ट्याब इन्साइट्स तथा वेल्थ एन्ड सोसाइटी जस्ता ग्लोबल प्लेटफर्ममा पहुँच दिलाउने काठमाडौं फिन्टेकले जनाएको छ।

‘हामी काठमाडौं फिन्टेकसँगको यो साझेदारीप्रति निकै उत्साहित छौं । नेपालको वित्तीय क्षेत्र डिजिटल रूपान्तरणको यात्रामा छ, र यस प्रक्रियालाई ग्लोबल नलेज एक्स्चेन्ज तथा नेटवर्किङले अझ मजबुत बनाउने छ,’ ट्याब ग्लोबल अध्यक्ष इम्यानुएल ड्यानियलले भने, ‘हामी नेपाली तथा भुटानी वित्तीय संस्थाहरूलाई विश्वस्तरीय अवसर प्रदान गर्न प्रतिबद्ध छौं।’

बिज्ञापन

नेपाल र भुटानका बैंक तथा फिन्टेक उद्योगको क्षमता अझ विस्तार गर्न ट्याब ग्लोबल जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्य कोशेढुंगा सावित हुने काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बाले बताए । ‘ग्लोबल बैंकिङ अभ्यास, डिजिटल वित्तीय सेवा, तथा नवीनतम प्रविधिहरूमा नेपाली तथा भुटानी बैंकिङ प्रोफेसनललाई जोड्ने अवसर पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ उनले भने।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते