होमपेज > ऊर्जा मन्त्री घिसिङसँग युएनडिपी प्रतिनिधिको भेट, अनलाइन मतदानदेखि जलवायु सहायतासम्म छलफल

ऊर्जा मन्त्री घिसिङसँग युएनडिपी प्रतिनिधिको भेट, अनलाइन मतदानदेखि जलवायु सहायतासम्म छलफल

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको छ।

बिज्ञापन

शहरी विकास मन्त्रालय, सिंहदरबारमा बुधबार भएको भेटमा युएनडिपीले नेपालमा निर्वाचनका लागि उपलब्ध गराउन सक्ने सहयोग, हाल सञ्चालनमा रहेका ऊर्जा तथा जलवायु क्षेत्रका योजनाको कार्यान्वयन अवस्था, र भविष्यका सम्भावित साझेदारीबारे छलफल भएको थियो।

भेटका क्रममा मन्त्री घिसिङले रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि मतदानको अधिकार सुनिश्चित गर्न अनलाइन मतदान प्रविधि नेपालमा लागू गर्न आवश्यक रहेको बताए। उनले यसका लागि युएनडिपीको प्राविधिक तथा संस्थागत सहयोगको अपेक्षा व्यक्त गरे।

बिज्ञापन

त्यसैगरी, उनले जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरूको न्यूनीकरण, ग्रामीण क्षेत्रमा लघु तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना, जोखिमयुक्त हिमतालको अध्ययन, विपद् पूर्वसचेतना प्रणाली विकास, जिवाष्म इन्धनको स्थानमा विद्युतीय ऊर्जा प्रयोग, तथा इँटाभट्टामा कोइला प्रयोग घटाई विद्युतीय ऊर्जा प्रवर्द्धन जस्ता विषयमा सहयोगको आवश्यकता औंल्याएका थिए।

युएनडिपी प्रतिनिधि योकोसुकाले निर्वाचन प्रक्रियामा सहयोग जारी राख्ने, साथै जलवायु कोषमार्फत नेपालले प्राप्त गर्न सक्ने आर्थिक सहायताका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् भेटमा दुवै पक्षबीच दीर्घकालीन विकास साझेदारीका सम्भावनाहरूलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते