बिज्ञापन
बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई विदेश यात्रा गर्नुअघि ६० करोड भारतीय रुपैयाँ धरौटी बुझाउनुपर्ने आदेश बम्बई उच्च अदालतले दिएको छ।
बिज्ञापन
भारतको ‘लाइभ ल’ पोर्टलका अनुसार, एक लुकआउट सर्कुलर (LOC) रद्द गर्न माग गर्दै दम्पतीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार अदालतले यस्तो आदेश दिएको हो। शिल्पा र राजले लस एन्जलस वा अन्य मुलुकहरू जान अनुमति मागेका थिए।
अदालतले विदेश जान अनुमति दिनुअघि ठगी मुद्दामा संलग्नता भएको भन्दै उनीहरूलाई ६० करोड भारु अदालतमा जम्मा गर्न निर्देशन दिएको हो। उनीहरूविरुद्ध मुम्बईका व्यापारी दीपक कोठारीले ६० करोड भारु ठगीको आरोप लगाएका छन्।
बिज्ञापन
उनका अनुसार, एक कम्पनीमा लगानी गर्ने क्रममा शिल्पा र राजले धोका दिँदै सो रकम हडपेका थिए। सोही मुद्दासँग सम्बन्धित रहेर सरकारद्वारा जारी गरिएको लुकआउट सर्कुलर (LOC) हटाउन आग्रह गर्दै उनीहरूले अदालतमा निवेदन दिएका थिए।
लुकआउट सर्कुलर भनेको देशबाट अपराधका आरोपीहरूलाई भाग्न नदिन प्रयोग गरिने कानुनी उपाय हो। यस्तो सर्कुलर जारी भएपछि ती व्यक्तिहरूलाई बिनाअनुमति देश छाड्न रोक लगाइन्छ।
अहिलेसम्म शिल्पा शेट्टी वा राज कुन्द्राले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।








