काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले सामान्य रूपमा सञ्चालन भइरहेको छ । तर बाढी, पहिरो तथा सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै यात्रुको सुरक्षाको लागि रातको समयमा विभिन्न नाकामार्फत उपत्यकामा भित्रिने र बाहिरिने सवारी साधनको आवत–जावतमा अस्थायी रोक लगाइएको छ ।
बिज्ञापन
सशस्त्र प्रहरी बल र सडक विभागका अनुसार हाल देशका विभिन्न राजमार्ग र लोकमार्गका केही खण्डमा पहिरो र बाढीका कारण सवारी सञ्चालन अवरुद्ध भएका छन् ।
बिज्ञापन
पहिरो र बाढीले अवरुद्ध भएका सडक खण्डहरू
१. कान्ति लोकपथ — मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा र भर्याङडाँडा तथा बकैया गाउँपालिका–११ सिमात र घट्टेपाखामा पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ।
बिज्ञापन
२. सिस्नेरी–काठमाडौँ सडक — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार नजिकै रहेको खोलाको पुलमा बाढीको प्रभाव परेकाले आवत–जावत बन्द गरिएको छ।
३. विपी राजमार्ग — काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुंगा र मंगलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले यातायात अवरुद्ध भएको छ।
४. कोशी राजमार्ग — संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन्।
५. पासाङल्हामु राजमार्ग — रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोका कारण आवागमन रोकिएको छ।
६. रसुवागढी नाका — गोसाईकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन सीमा जोड्ने मितेरी पुल गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएकाले अझै सञ्चालनमा आएको छैन।
७. मध्यपहाडी लोकमार्ग — सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानमा खसेको पहिरोले गर्दा सवारी आवागमन प्रभावित भएको छ।








