बिज्ञापन
आज देशभर कोजाग्रत पूर्णिमाको पर्व धुमधामका साथ मनाइँदैछ। दशैंको समापनसँगै धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर यो पर्व मनाइने प्रचलन छ।
बिज्ञापन
कोजाग्रत पूर्णिमाको रात महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने र जाग्राम बसेका, सत्य, शुद्ध तथा भक्ति भावले पूजा गर्ने घरमा प्रवेश गरी ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास छ।
यसै दिनबाट १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैंको औपचारिक समापन हुन्छ। दशमीका दिनदेखि सुरु भएको टीका–जमरा ग्रहणको सिलसिला पनि आजै समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार आज बेलुकी अखिल बलिपूर्ति सम्पन्न भएपछि देवीको प्रसादस्वरूप टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ।
बिज्ञापन
बिहानै दशैंघरका फूलप्रसाद, जमरा र अन्य अवशेषहरू नदी, तलाउ वा तीर्थस्थलमा विसर्जन गर्ने चलन रहेको छ।
धार्मिक परम्परा अनुसार कोजाग्रत पूर्णिमाको पूजापछि भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने क्रम सुरु हुन्छ। यसलाई दशैं बिदाको अन्त्य र तिहार तयारीको सुरुवातका रूपमा लिने गरिन्छ।








