पछिल्ला दुई दिनमा देशभर बाढी, पहिरो, चट्याङ र सवारी दुर्घटनाका घटनामा परी ४० जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार ती घटनामा १३ जना घाइते भएका र ११ जना बेपत्ता रहेका छन्।
बिज्ञापन
बाढी–पहिरोबाट सबैभन्दा धेरै क्षति इलाम जिल्लामा भएको छ। इलाममा मात्रै २८ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बिज्ञापन
उनका अनुसार इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो।
त्यस्तै, बाढीपहिरोका घटनामा उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ।
बिज्ञापन
चट्याङका कारण खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा आठ जना घाइते भएका छन्। यस्तै, पाँचथरमा सवारी दुर्घटनामा छ जनाले ज्यान गुमाएका छन् भने छ जना घाइते भएका छन्।








