होमपेज > सगरमाथाको तिब्बती क्षेत्रमा बाक्लो हिमपात : सयौं आरोही फसे, उद्धारकार्य जारी

सगरमाथाको तिब्बती क्षेत्रमा बाक्लो हिमपात : सयौं आरोही फसे, उद्धारकार्य जारी

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

प्रतिकूल मौसमका कारण विश्वकै सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं आरोही र पर्यटक फसेका छन्। बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएपछि उनीहरूलाई उद्धार गर्ने कार्य अहिले पनि जारी छ।

बिज्ञापन

चिनियाँ समाचार माध्यमहरूले जनाएअनुसार, हिमपातका कारण मार्ग बन्द हुँदा करिब एक हजार जना पर्वतारोही र उनीहरूको सहयोगीहरू फसेका छन्। केहीलाई उद्धार गरिए पनि अधिकांश अझै हिमपातग्रस्त क्षेत्रमा अल्झिएका छन्। रोयटर्सले उद्धृत गरेको जिमु न्युजका अनुसार स्थानीय बासिन्दा र उद्धार टोलीका सदस्यहरू करिब ४ हजार ९०० मिटर उचाइमा उद्धारमा खटिएका छन्।

उद्धार टोलीहरू हिउँ हटाउने र बाटो खुलाउने प्रयासमा सक्रिय छन्। शुक्रबार साँझदेखि सुरु भएको बाक्लो हिमपात शनिबारसम्म जारी रहेपछि तिब्बतको टिङ्ग्री काउन्टी पर्यटन समितिले सगरमाथा अवलोकनका लागि टिकट बिक्री अस्थायी रूपमा बन्द गरेको जनाएको छ।

बिज्ञापन

यसैबीच, सगरमाथाको नेपालतर्फको भागमा पनि हिउँ र पहिरोका कारण पदमार्ग अवरुद्ध भएको जानकारी प्राप्त भएको छ। नाम्चेजोरसल्ले खण्डमा मुख्य पदमार्ग क्षतिग्रस्त भएको नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले जनाएको छ। टानले यात्रुहरूलाई सावधानी अपनाउन र विकल्पका रूपमा मूल बाटोभन्दा दुईतीन सय मिटर माथिको खच्चर बाटो प्रयोग गर्न आग्रह गरेको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा असोज १८ र १९ गते अत्यधिक वर्षा र बाढीपहिरो ल्याएको थियो। इलाममा मात्रै बाढीपहिरोमा परी ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

चिनियाँ टेलिभिजन सीसीटीभीका अनुसार, अप्ठ्यारोमा परेकामध्ये करिब ३५० जनालाई उद्धार गरी कुदाङ शहर पुर्‍याइएको छ भने २०० भन्दा बढी व्यक्तिसँग सम्पर्क स्थापित भइसकेको छ।

राष्ट्रिय दिवसको आठ दिन लामो बिदाको अवसरमा सयौं चिनियाँ पर्यटक कर्मा उपत्यका पुगेका थिए, जहाँबाट सगरमाथाको पूर्वी भागमा पुगिन्छ। उद्धारपछि कुदाङ पुगेकी १८ सदस्यीय ट्रेकिङ टोलीकी एक सदस्य चेन गे श्वाङले भनिन्, “मौसम असामान्य छ। अक्टोबर महिनामा यस्तो हिमपात कहिल्यै देखेकी थिइनँ, सबै कुरा एक्कासी भयो।”

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते