कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.३८ प्रतिशतले बढी हो।
बिज्ञापन
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ रहेको छ, जसका आधारमा बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत बनेको छ। समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा ४१.२७ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड ७६ लाख रुपैयाँमा पुगेको छ। तर ब्याज आम्दानी भने ६.९३ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ।
बिज्ञापन
बैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ऋणात्मक २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ, र रिजर्भ १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। निक्षेप संकलन २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ भएको छ। खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.२६ प्रतिशतमा झरेको छ। बैंकको ईपीएस १८.५६ रुपैयाँबाट बढेर २७.६३ रुपैयाँ भएको छ भने पीई रेसियो ११.८४ गुणा र प्रतिशेयर नेटवर्थ २४१.०४ रुपैयाँ कायम भएको छ।








