होमपेज > मेटा र एक्सले ‘भ्रष्ट देशमा सूचीकरण नहुने’ भन्दै हामीलाई हेपे : मन्त्री पृथ्वीसुब्बा गुरुङ

मेटा र एक्सले ‘भ्रष्ट देशमा सूचीकरण नहुने’ भन्दै हामीलाई हेपे : मन्त्री पृथ्वीसुब्बा गुरुङ

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनीहरू मेटा (Meta) र एक्स (X) ले नेपालजस्तो ‘भ्रष्ट देशमा’ सूचीकरण हुन नसक्ने भन्दै हेपाह प्रवृत्ति देखाएको गुनासो गरेका छन्।

बिज्ञापन

सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले आफूहरूले बारम्बार मेटा र एक्ससँग सम्पर्क गर्दा पनि कम्पनीहरूले असहयोगपूर्ण व्यवहार गरेको बताए। “मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपे,” मन्त्री गुरुङको भनाइ थियो।

नेपाल सरकारले भदौ १९ गते सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि देशभर तीव्र जनविरोध चर्किएको थियो। सोही निर्णयको विरोधमा काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा जेनजी आन्दोलन उत्कर्षमा पुगेको छ। आन्दोलनका क्रममा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन्।

बिज्ञापन

मन्त्री गुरुङको यो अभिव्यक्तिले सरकारले सामाजिक सञ्जाल कम्पनीहरूसँगको संवाद प्रक्रिया र त्यसमा देखिएको असहजता उजागर गरेको छ। तर विज्ञहरू भन्छन्- समस्या कम्पनीहरूको होइन, नेपालमा डिजिटल गभर्नन्स र पारदर्शिताको अभाव पनि हो।

सूचीकरण किन?

सूचीकरणको सन्दर्भमा सरकारको भनाइ छ- नेपालमा सेवा दिइरहेका सबै सामाजिक सञ्जालहरूले कर प्रणालीमा दर्ता हुनुपर्ने, कानुनी उत्तरदायित्व स्वीकार गर्नुपर्ने, र गलत सामग्री हटाउने जिम्मेवारी लिनुपर्नेछ। तर विश्वका ठूला प्रविधि कम्पनीहरूले नेपालजस्ता साना देशहरूमा तुरुन्त दर्ता नहुने अवस्था प्रायः देखिने गरेको हो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते