होमपेज > देशभर आक्रोशसहित जेनजी आन्दोलन, १९ को मृत्यु, ४२२ घाइते

देशभर आक्रोशसहित जेनजी आन्दोलन, १९ को मृत्यु, ४२२ घाइते

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल सरकारद्वारा भदौ १९ गते सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि देशभर विशेषगरी युवापुस्ता आक्रोशित बनेका छन्। सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा “जेनजी आन्दोलन” ले तीव्र रुप लिँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा सोमबारसम्म १९ जनाको मृत्यु भएको छ भने ४२२ जना घाइते भएका छन्।

बिज्ञापन

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले फेसबुक, युट्युब, एक्स (ट्विटर), इन्स्टाग्रामलगायत २६ वटा सूचीबाहिरका सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेपछि जनआक्रोश सुरु भएको हो। निर्णयको विरोधमा युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा झडप चर्किएको थियो।

झडप र गोली प्रहार

बिज्ञापन

बानेश्वरमा प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्दै संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले अश्रुग्याँस, रबरको गोली र पछि लागुञ्जेल अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीहरू बताउँछन्। गृहमन्त्रालयका अनुसार, काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश युवा छन्।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार घाइते र मृत्यु विवरण यस्ता छन्:

कुल घाइते: ४२२

गम्भीर घाइते: कम्तीमा २० जना

अस्पतालहरूको अवस्था:

सिभिल अस्पताल, बानेश्वर:

१७०+ घाइते

३ जनाको मृत्यु

१५ जना वीर र ट्रमा सेन्टरमा स्थानान्तरण

वीर अस्पताल:

६ जना गम्भीर घाइते

ट्रमा सेन्टर:

४९ घाइते

८ जनाको मृत्यु (६ जनाको सनाखत)

एभरेष्ट अस्पताल:

३४ घाइते

३ मृतक

७ ट्रमाका बिरामी

पाटन अस्पताल:

४ घाइते

काठमाडौं मेडिकल कलेज (KMC):

३२ घाइते

२ जनाको मृत्यु

६ जनाको शल्यक्रिया आवश्यक

टिचिङ अस्पताल:

१८ घाइते

१ जनाको मृत्यु

नर्भिक अस्पताल:

३ घाइते

२ जनालाई सामान्य उपचारपछि डिस्चार्ज

गृहमन्त्री रमेश लेखकको राजीनामा

झडप र मृत्युको घटनापछि गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन्। उनले यसअघि नै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र शीर्ष नेतृत्वलाई आन्दोलनमा भएको मानवीय क्षतिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने जानकारी गराएका थिए।

सरकारी प्रतिक्रिया र आगामी कदम

सरकारले आन्दोलनका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। मृतकका परिवारलाई राहत तथा घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ। यद्यपि, प्रदर्शनकारीहरू र नागरिक समाजले सरकारको धारणा अपुरो, ढिलो र असंवेदनशील भएको भन्दै आलोचना गरेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते