होमपेज > पोखराको होटल सरोवर र किंस लाउन्जसँग प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

पोखराको होटल सरोवर र किंस लाउन्जसँग प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

बिज्ञापन
बिज्ञापन

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा रहेको होटल सरोवर र किंस लाउन्जसँग प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकका लागि विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

बिज्ञापन

प्रभु बैंकले मंगलबार छुट्टाछुट्टै समारोहका बीच सम्झौता गरेको हो । होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किंस लाउन्ज पोखराको तर्फबाट सञ्चालक प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी र कर्मचारीका परिवारले होटल सरोवरमा आवास, खाना, मनोरञ्जन सभाहल र पौडीलगायतका सेवामा विशेष छुट पाउनसक्ने बैंकले जनाएको छ ।

यस्तै किंस लाउन्ज पोखरामा खाना, खाजा, तथा मनोरञ्जन सुविधामा पनि विशेष छुट पाउनसक्ने बैंकले जनाएको छ । कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आवद्घताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने प्रभु बैंकले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते