होमपेज > कर्फ्यूबीच संसद भवन अगाडि भेला भए जेनजी, मृतकको सम्झनामा श्रद्धाञ्जली सभा

कर्फ्यूबीच संसद भवन अगाडि भेला भए जेनजी, मृतकको सम्झनामा श्रद्धाञ्जली सभा

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आज बिहानैदेखि जेनजी (Gen Z) पुस्ताका युवाहरू भेला हुन थालेका छन्। सोमबार भएको प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएपछि मंगलबार पनि युवाहरू सडकमा उत्रिएका हुन्।

बिज्ञापन

कर्फ्यू आदेश जारी भए पनि प्रदर्शनकारी युवाहरूले नाराबाजी गर्दै शान्तिपूर्ण रूपमा आन्दोलन अघि बढाइरहेका छन्। ‘व्यवस्था परिवर्तन’, ‘न्यायको माग’ लगायत नारासहित उनीहरू संसद भवन अगाडि उपस्थित भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को सूचना नआएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसकेको छ। प्रशासनले अत्यावश्यक सेवा बाहेक कसैलाई पनि सडकमा ननिस्कन आग्रह गर्दै आदेशको उल्लंघन गर्नेप्रति कडा कारबाही गर्ने चेतावनी दिएको छ।

बिज्ञापन

तर जेनजी आन्दोलनका आयोजकहरूले भने आफ्नो आन्दोलन अहिंसात्मक, शान्तिपूर्ण र निरन्तर रहने बताएका छन्। उनीहरूले सोमबारको घटनामा मृत्यु भएका १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्न आज विशेष सभा आयोजना गर्ने जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको झडपमा १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका थिए। तीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

युवाहरूको स्वतन्त्र र नेतृत्वविहीन भनिएको यो आन्दोलनले राजधानीको राजनीतिक वातारणलाई एकाएक तातेको छ। सामाजिक सञ्जालमा ‘#GenZNepal’ ट्रेन्ड भइरहेका छन् भने विभिन्न शहरबाट पनि आन्दोलनप्रति ऐक्यबद्धता देखिन थालेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते