होमपेज > आजदेखि थारू समुदायका महिलाहरुको जितिया पर्व सुरु

आजदेखि थारू समुदायका महिलाहरुको जितिया पर्व सुरु

बिज्ञापन
बिज्ञापन

तराईका थारू समुदायका महिलाहरुले आजदेखि जितिया पर्व सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् । योसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ ।

बिज्ञापन

बिज्ञापन

जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन् भने माइत आउन नसक्‍नेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् । यता, काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाहरूले यसवर्ष पनि तीन ठाउँमा जितियालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी गरेका छन्। थारू महिला समाज, उपत्यका समितिले काठमाडौंको राष्ट्रिय नाचघर जमल, थारू महिला सभाले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप र थारू, संगीत कला मन्दिरले कुपण्डोलमा छुट्टाछुट्टै जितिया महोत्सवको आयोजना गरेका छन् । थारू महिलाले सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिने  गर्छन्।

बिज्ञापन

जितिया ‘थारू समुदायको महान् पर्व हो । महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन्।’ मुख्यतः पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाउँदै आएका छन् । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने (नाचगान) गर्ने चलन छ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरुले २०६१ सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउँदै आएको छ ।

‘थारु महिलाहरुले विगत २० वर्षदेखि काठमाडौंमा प्रत्‍येक वर्ष जितिया पर्वलाई राष्ट्रिय महोत्सवको मनाउँदै आइरहेका छन् । यस वर्ष पनि पर्यटन बोर्डको हलमा मनाउँदैछन् ।’ थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाईर लहाइ अर्थात नुहाए खाने दिन आज (मंगलबार), ब्रत (बुधबार) र समापन (बिहीबार) रहेको छ ।

कसरी मनान्छ जितिया ?

वर्तालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना ( खैर) र माटो चढाउने गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन वर्तालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।

जितियाको अन्तिम तथा पारन (समापन) को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते