होमपेज > उदयपुर जिल्लाका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण

उदयपुर जिल्लाका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण

बिज्ञापन
बिज्ञापन

शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाका विद्यालयहरूमा शैक्षिक किट तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । यस अभियान मार्फत कुल ४५० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

बिज्ञापन

शिक्षा क्षेत्रको सशक्तीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई कापी, कलम, झोला, पेन, ज्यॊमित्रिक बक्स साथै विद्यालयहरूलाई डस्टबिन, वाटर फिल्टर, जग, पाठ्यपुस्तक लगायत आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको हो।

बिज्ञापन

कार्यक्रम अन्तर्गत निम्न विद्यालयहरूलाई शैक्षिक सहयोग प्रदान गरिएको छ । (श्री रुपैरानी आधारभूत विद्यालय–आहाले, जनता आवासीय विद्यालय–थलियाटार, वीरेन्द्र आवासीय विद्यालय–भन्टाबारी, श्री आधारभूत विद्यालय–बबेला) । यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयको उद्घाटन कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्दै आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको छ।

बिज्ञापन

वितरण कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा शौर्य सिमेन्टको खानी तथा ब्राण्ड टीमको उपस्थितिमा सम्पन्न भएको थियो। साथै, कटारी नगरपालिका–८ का वडा अध्यक्ष नविन्द्र कुमार तामाङको विशेष उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। विद्यालयहरूले प्राप्त सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्।

यस अवसरमा शौर्य सिमेन्टका प्रतिनिधिले भने, “शिक्षा नै दिगो विकासको आधार हो। शैक्षिक सामग्री मार्फत हामीले विद्यार्थीहरूलाई अझ राम्रोसँग पढ्न र आफ्नो भविष्य निर्माण गर्न प्रेरित गर्ने उद्देश्य लिएका छौं।” शौर्य सिमेन्टले निरन्तर रूपमा शिक्षा, स्वास्थ्य, संस्कृति तथा सामुदायिक विकासमा विभिन्न सामाजिक उत्तरदायित्व गतिविधिहरू सञ्चालन गर्दै आएको छ। गुणस्तर, दिगोपन र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध कम्पनीले पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य र समुदाय उत्थानमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते