होमपेज > नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको ‘फ्युजमेसिन्स’ नास्डाकमा सूचीकृत

नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको ‘फ्युजमेसिन्स’ नास्डाकमा सूचीकृत

बिज्ञापन
बिज्ञापन

नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (Artificial Intelligence) सम्बन्धी प्रविधि कम्पनी फ्युजमेसिन्स (Fusemachines Inc.) ले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक (NASDAQ) मा स्टक कारोबार सुरु गरेको छ।

बिज्ञापन

दुई वर्षअघि CSLM Acquisition Company सँग गरिएको मर्जर (गाभ्ने प्रक्रिया) पूरा भएपछि कम्पनीले अबदेखि ‘FUSE’ नामबाट धितोपत्र बजारमा कारोबार सुरु गरेको हो।

बिज्ञापन

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. मास्केले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भने, “सानो समूहको नवीन सोच र अवधारणाबाट सुरु भएको हाम्रो कम्पनी आज विश्वको अग्रणी वित्तीय बजारमा प्रवेश गर्न सफल भएको छ। यो उपलब्धिले हामीलाई अझ व्यापक प्रभाव सिर्जना गर्न प्रेरणा दिएको छ।”

फ्युजमेसिन्सले कृत्रिम बौद्धिकता (AI) र प्रविधिसम्बन्धी समाधान विकास गर्ने काम गर्दै आएको छ। कम्पनीमा हाल ३५० जना कर्मचारी कार्यरत छन्, जस मध्ये २६० जना नेपालमा कार्यरत रहेको डा. मास्केले बताए।

बिज्ञापन

यसैबीच, नास्डाकले जारी गरेको विज्ञप्तिमा CSLM Acquisition Company र Fusemachines Inc. बीचको साझेदारी प्रक्रिया पूरा भएको र बिहीबारदेखि नास्डाक पुँजीबजारमा कारोबार सुरु भएको उल्लेख गरिएको छ।

फ्युजमेसिन्सको प्रमुख वित्त अधिकृत (CFO) मा क्रिस्टिन च्याम्बर्स छन् भने, मर्जरपश्चात् कम्पनीको सञ्चालक समितिमा डा. समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन्। कम्पनी नास्डाकमा सूचीकृत भएपछि, नेपाली उद्यमीले स्थापना गरेको प्रविधि कम्पनीले वैश्विक बजारमा औपचारिक प्रवेश पाएको छ भने विदेशी लगानीकर्ताका लागि नयाँ अवसर समेत सिर्जना भएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते