होमपेज > नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगको लाइन काट्न थाल्यो, अर्बौ बक्यौता तिर्न बाँकी

नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगको लाइन काट्न थाल्यो, अर्बौ बक्यौता तिर्न बाँकी

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गरे पनि प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूमाथि कारबाही सुरु गरेको छ।

बिज्ञापन

मंगलबार बिहान प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत आपूर्ति लाइन काटेको हो।

यी उद्योगहरूले लामो समयदेखि अर्बौ रुपैयाँ बराबरको विद्युत महसुल तिरेका छैनन्। प्राधिकरणका अनुसार तिनीहरूले तिर्न बाँकी रकम निम्नानुसार छ:

बिज्ञापन

जगदम्बा स्टील १ अर्ब ६० करोड रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्स ७५ करोड ३७ लाख रुपैयाँ

शिवम् सिमेन्ट ७७ करोड ८८ लाख रुपैयाँ

घोराही सिमेन्ट ५० करोड ८५ लाख रुपैयाँ

अर्घाखाँची सिमेन्ट ४४ करोड ८४ लाख रुपैयाँ

त्रिवेणी स्पिनिङ मिल्स ३२ करोड १० लाख रुपैयाँ

प्राधिकरणका अनुसार यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेवापतको प्रिमियम महसुल हो। ती उद्योगहरूले लोडसेडिङको समयमा विशेष लाइनमार्फत विद्युत प्रयोग गरे पनि त्यसअनुसारको अतिरिक्त शुल्क तिरेका थिएनन्।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको बिदामा पनि उद्योगहरूले रकम बुझाउन सकून् भनेर विशेष काउन्टरको व्यवस्था गरिएको छ। उनले भने, “किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसुकै समयमा काटिएको लाइन पुनः जडान गरिनेछ।”

प्राधिकरणले पटकपटक सूचना दिँदासमेत रकम नतिरेकाले अन्ततः आपूर्ति रोक्ने निर्णय गर्नुपरेको जनाएको छ। प्राधिकरणले बाँकी उद्योगहरूमाथि पनि असुली अभियानलाई निरन्तरता दिने चेतावनी दिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते