होमपेज > यो वर्ष २४ क्यासिनोले जुवा खेलाउन पाउने

यो वर्ष २४ क्यासिनोले जुवा खेलाउन पाउने

बिज्ञापन
बिज्ञापन

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २४ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यी कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरेपछि सञ्चालन अनुमति नवीकरण गरेको हो ।

बिज्ञापन

विभागद्वारा सार्वजनिक गरिएको सूचीअनुसार, काठमाडौँ उपत्यकाका ८ वटा र उपत्यका बाहिरका प्रमुख सहरहरूमा सञ्चालित १६ वटा क्यासिनोको इजाजत नवीकरण भएको छ । नवीकरण हुनेमा काठमाडौँका प्रतिष्ठित होटेलहरूमा सञ्चालित क्यासिनोदेखि नेपालगञ्ज, भैरहवा, झापा, विराटनगर, वीरगञ्ज र पोखरा जस्ता पर्यटकीय तथा व्यापारिक केन्द्रमा रहेका क्यासिनोहरू समेत समावेश छन् ।

बिज्ञापन

काठमाडौँमा होटल मल्ल परिसरको ’श्री बेल्लिज नेपाल’, म्यारियट होटल परिसरको ’श्री डेल्टीइन नेपाल’, सोल्टी होटल परिसरको ’श्री माजोङ्ग इन्टरटेन्मेन्ट’ र तारागाउँ रिजेन्सी होटल परिसरको ’श्री प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन’ लगायतका क्यासिनोको नवीकरण भएको छ। त्यसैगरी, उपत्यका बाहिर रुपन्देहीको सिद्धार्थनगर र भैरहवा क्षेत्रमा सबैभन्दा धेरै क्यासिनो सञ्चालनमा छन् । झापा, मोरङ, पर्सा, बाँके, कास्की र कपिलवस्तुमा समेत क्यासिनोहरू सञ्चालनमा रहनेछन् । भारतीय पर्यटकलाई आकर्षित गरेर सीमा छेउमा धेरै क्यासिनोहरु रहेका छन् ।

Casino-List_gocuxca (5)

 

बिज्ञापन

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते