होमपेज > बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने

बिज्ञापन
बिज्ञापन

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने भएका हुन् ।

बिज्ञापन

गठबन्धनको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ १८ गतेसम्ममा संसदबाट विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने गरी संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका हुन् ।

बिज्ञापन

साउन २० मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन् । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

गत साउन २० मा नेपालको संविधानको दफा १६८ को उपधारा २ बमोजिमको सरकारको नेतृत्व गरेका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिनका लागि संसद् बैठक आह्वान गर्न सभामुख भुवनकुमार पाठकलाई जानकारी गराइसकेका छन् । सभामुख पाठकका अनुसार छलफल गरेर मिति तय भए पनि औपचारिक पत्र भने प्राप्त हुने क्रममा रहेको र सोहीअनुसार संसद्को बैठकको समय निर्धारण गर्ने तयारी रहेको छ ।

बिज्ञापन

कांग्रेस बागमती प्रदेश सभापति समेत बानियाँ कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा साउन २० मा मुख्यमन्त्री बनेका थिए । बानियाँले आफ्नै दलका नेता बहादुरसिंह लामा माथि संसदीय दलमा अविश्वास प्रस्ताव राखेर पारित गर्दै दल नेताको निर्वाचनमा लामालाई पराजित गरेर दल नेता बनेका थिए । दलको नेता बनेर पार्टीको दवावसहित लामालाई मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य पारेका उनले साउन २० मा सत्ताको बागडोर सम्हाल्दै साउन १२ मा एक विना विभागीय मन्त्री सहित कांग्रेसका २ र एमालेका ६ मन्त्री सरकारमा सहभागी गराएका छन् ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा गठबन्धन दलहरूबिच एमालेले ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाउने भागबन्डा रहेको छ । अन्य ६ मन्त्रालयको जिम्मा बानियाँको काँधमा कायमै रहेको छ । सरकारलाई पूर्णता दिनु पूर्व नै उनी विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते