होमपेज > प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा विमानस्थलबाट छुट्यो १०० किलो सुन!

प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा विमानस्थलबाट छुट्यो १०० किलो सुन!

बिज्ञापन
बिज्ञापन

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनुमानित १०० किलो सुन भन्सार पास भएर छुट्यो। मोटरसाइकलको ब्रेक सुल भनी जाँचपास भएको वस्तु सुन रहेको भन्दै राजश्व अनुसन्धान विभागले समात्यो। प्रज्ञापन पत्रमा ब्रेक सुल भनिएको वस्तु करिब १ सय केजी सुन रहेको भन्दै राजश्व अनुसन्धान विभागको टोलीले समातेको छ। उक्त प्रकरणमा ४ जना पक्राउ पनि परेका छन्।

बिज्ञापन

सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ । राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो । उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ । निलम्बित नायब सुब्बाको भने नाम खुल्न बाँकी छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको हो । सुनको परिमाण एकिन गर्ने भने बाँकी छ ।

बिज्ञापन

भन्सार जाँचपास हुँदा कागजात मात्रै हैन वस्तुको पनि जाँच हुन्छ। तर ठूलो परिमाणको सुन कसरी त्रिभुवन विमानस्थल भन्सारबाट छुट्नु पछाडि भन्सार अधिकृत र प्रहरीकै तस्करसँग मिलेमतो भएको खुलेको छ। भन्सार विभागसहितको टोलीले गरेको अनुसन्धानबाट भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमै सुन छुट्ने गरेको प्रारम्भिक निष्कर्ष निस्किएको छ। सुन तस्करसँग भन्सार कर्मचारीकै साँठगाँठ देखिएपछि विभागले २ जना कर्मचारीलाई निलम्बन समेत गरिसकेको विभागका एक अधिकारीले जानकारी दिए।

उनका अनुसार भन्सार अधिकृत सन्तोष चन्द र एक नायव सुब्बालाई विभागले निलम्बन गरेको छ। स्रोतका अनुसार सुरुमा तस्करको मिलेमतो प्रहरीसँग भएको देखिन्छ। प्रहरीपछि भन्सार कर्मचारीसम्म ती तस्कर पुगेको स्रोतले बताएको छ । मिलेमतोको आधार हेर्न हो भने सुन तस्कर सरुमा प्रहरीकहाँ पुगेको देखिन्छ, प्रहरी हुँदै मिलेमतो गर्ने कुरा भन्सारका कर्मचारीसम्म आएको देखियो।’

बिज्ञापन

प्रहरी हुँदै भन्सारका कर्मचारीसम्म मिलेमतो भएपछि सुन छुटेको प्रारम्भिक अनुसन्धानमा देखिएको स्रोतले बताएको छ। पक्राउ परेकाहरूको बयानका आधारमा थप अनुसन्धान अघि बढाइने राजश्व अनुसन्धन विभागले जनाएको छ। भन्सार विभागले पनि उक्त प्रकरणमा सहयोग गर्ने प्रतिवद्धता गरेको राजस्वका कर्मचारीले बताएका छन्। भन्सार विभाग र राजस्व स्रोतले दिएको जानकारी मिलेको देखिन्छ। दुवैले प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा तस्करले सहजै सुन भित्र्याइरहेको देखिएको छ।

विगत एक महिना यता निरन्तर करिब १ क्विन्टल बराबर सुन त्रिभुवन विमानस्थलबाट भित्रिरहेको सूचनाको आधारमा बुधबार राजस्वले अपरेसन गरेको थियो।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते