होमपेज > सानिमा जीआईसी इन्स्योरेन्सद्धारा निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गरिने

सानिमा जीआईसी इन्स्योरेन्सद्धारा निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गरिने

बिज्ञापन
बिज्ञापन

सानिमा जीआईसी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ।

बिज्ञापन

एक सूचना प्रकाशित गरी इन्स्योरेन्स कम्पनीले जेठ २० गतेदेखि जेठ २२ गतेसम्म तालिम सञ्चालन गरिने जानकारी गराएको हो। इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा तालिम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। जेठ २२ गते साँझ ५ बजेदेखि भने परीक्षा सञ्चालन गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।

बिज्ञापन

बीमा अभिकर्ताका लागि न्यूनतम शैक्षिक योग्यता प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ। तालिममा सहभागी हुन व्यक्तिगत बीमा अभिकर्ताका लागि शैक्षिक योग्यताको प्रमाणप तथा नागरिकता (नोटरीसहित) को प्रतिलिपि, पासपोर्ट साइटको फोटो ४ प्रति र स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य उल्लेख गरी व्यक्तिगत विवरण फाराम भर्नुपर्नेछ।

यसैगरी संस्थागत बीमा अभिकर्ताका लागि सम्बन्धित संस्थाको निवेदन (सञ्चालकको फोटो र हस्ताक्षर), सञ्चालकको नियुक्ति र पदावधि मिति खुल्ने पत्र, सञ्चालकको नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता (कम्तिमा प्लस टु) उत्तीर्ण, प्यान दर्ता, अन्य दर्ता प्रमाणपत्र, कम्पनी रजिस्ट्रारको प्रमाणपत्र, ने.रा.बैं र सहकारी डिभिजन र घरेलु र वाणिज्य तथा अन्य दर्ता प्रमाणपत्र, नियमावली प्रबन्धपत्र, प्रबन्त्रपत्रको उद्देश्यमा बीमा अभिकर्ता भई काम गर्ने उल्लेख भएको र नियमावलीमा सञ्चालकको पदावधि उल्लेख भएको कागजात पेस गर्नुपर्नेछ।

बिज्ञापन

तालिममा सहभागी हुन इच्छुकले सागर न्यौपाने (सम्पर्क व्यक्ति) लाई ९८५१३६८००० सम्पर्क गर्न सक्नेछन्। कार्यालयको फोन नं. ०१–४४२७१७०/१७१/१७२/१०१/१०३ मा पनि सम्पर्क गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते