होमपेज > राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थपिँदै

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थपिँदै

बिज्ञापन
बिज्ञापन

थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले मंगलबार पुनः म्याद थपका लागि अदालत पेस गर्ने तयारी गरेको छ ।

बिज्ञापन

चैत १५ गते नै पक्राउ परेका मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो । राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेको गरेको प्रदर्शनमा अराजकता र लुटपाट गराउन भूमिका खेलेको आरोपमा मिश्र र धवलशमशेर राणासहतिलाई पक्राउ गरेको थियो । राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान अघि बढाएको छ । मिश्रसहित उनीपछि पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामै छन् ।

बिज्ञापन

मिश्रलाई प्रहरीले पहिलोपटक थुनामा राखेर अनुसन्धान गर्न चैत १६ गते पाँच दिनको अनुमति पाएको थियो । चैत २० गते सात दिनको म्याद पाएको प्रहरीले चैत २७ गते १५ दिनको म्याद लिएर थुनामा राखेको थियो । यस्तै, वैशाख १० गते तीन दिन र वैशाख १४ गते सात दिन र वैशाख २१ मा पाँच दिनको म्याद पाएको थियो । मंगलबार उक्त समय अवधि सकिएसँगै पुनः म्याद थपका लागि जिल्ला अदालत पेस गर्न लागिएको हो ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ । तीनकुने घटनामा अराजक प्रदर्शन गर्ने, लुटपाट गर्ने करिब ९० जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । त्यसमध्ये २४ जना प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । केहीलाई भने थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते