होमपेज > विश्वमा सबैभन्दा धनी व्यक्ति इलन मस्क, अन्य कुन व्यक्ति कतिऔं स्थानमा?

विश्वमा सबैभन्दा धनी व्यक्ति इलन मस्क, अन्य कुन व्यक्ति कतिऔं स्थानमा?

बिज्ञापन
बिज्ञापन

अहिलेको विश्वमा सबैभन्दा धनी व्यक्तिको रूपमा इलन मस्क छन्।

बिज्ञापन

फोर्ब्सले हालै सार्वजनिक गरेको दुई हजार नौ सय ३३ जना धनीको सूचीमा टेस्ला कार निर्माता कम्पनीका मालिक इलन मस्क पहिलो स्थानमा छन्। ७ मार्च २०२५ सम्ममा रकेट निर्माता कम्पनी स्पेस एक्स, एक्स (ट्विटर)का समेत मालिक मस्कको सम्पत्ति तीन सय ४२ अर्ब डलर पुगेको छ।

बिज्ञापन

फोर्ब्सले सन् १९८७ देखि नै यस्तो सूची तयार पार्दै आइरहेको छ। स्टक बजारमा सम्बन्धी व्यक्तिहरूको कम्पनीको मूल्य, विनिमय दर लगायतको आधारमा यस्तो सूची तयार पार्दै आएको छ। फोर्ब्सले हरेक दिनको रियल टाइम तथ्यांक समेत तयार गर्छ। यस आधारमा पनि मस्क तीन सय ६२ अर्ब डलर सहित पहिलो स्थानमा छन्।

७ मार्चसम्मको आधारमा दोस्रो स्थानमा फेसबुकका मालिक मार्क जुकरवर्ग छन्। उनीसँग २ सय १६ अर्ब डलर बराबरको सम्पत्ति छ। तेस्रो स्थानमा अमेजनका संस्थापक जेफ बेजोज छन्। उनीसँग दुई सय १५ अर्ब डलर बराबर सम्पत्ति छ। भारतबाट सबैभन्दा धनीको सूचीमा अग्रस्थानमा मुकेश अम्बानी छन्।

बिज्ञापन

उनी यो सूचीको १८ औं स्थानमा छन्। रिलायन्स इण्डष्ट्रीजका मालिक अम्बानीलाई भारतबाट भने गौतम अदानीले पछ्याइरहेका छन्। ५६ अर्ब डलर सम्पत्ति सहित अदानी यो सूचीको २८ औं स्थानमा छन्। चिनियाँहरूमध्ये यो सूचीको माथिल्लो श्रेणीमा जाङ यिमिङ परेका छन्।

टिकटक जस्ता एप निर्माता बाइटडान्स कम्पनीका मालिक यिमिङको सम्पत्ति ६५ अर्ब डलर छ। उनी विश्व धनाढ्यहरूको यो सूचीको २३ औं स्थानमा छन्। नेपालका एक मात्र अर्ब डलरपति व्यवसायी विनोद चौधरी यो सूचीको एक हजार सात सय ६३ औं स्थानमा छन्। उनको सम्पत्ति दुई अर्ब डलर बराबर छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते