सरकारले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा अच्युत वाग्ले नियुक्ति गरेको छ।
बिज्ञापन
लामो रस्साकस्सीबीच सोमबार विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्ति गरेका हुन्। अर्थ–राजनीतिक विश्लेषक वाग्ले २०७९ देखि रजिस्ट्रारको जिम्मेवारीमा रहेका वाग्ले गत माघ ४ देखि निमित्त उपकुलपति थिए। तत्कालीन कुलपति शेरबहादुर देउवाले साढे दुई वर्षअघि वाग्लेलाई रजिस्ट्रार नियुक्ति गरेका थिए। उनी केयूमा चौथो उपकुलपति बनेका हुन्। यसअघि भोला थापा उपकुलपति थिए।
बिज्ञापन
वाग्लेले त्रिभुवन विश्वविद्यालय र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन्। उपकुलपतिको कार्यकाल ४ वर्षको हुन्छ।








